• विजय अधिकारी (प्रहार संवाददाता ) । लमजुङ, ९ जेठ २०८२ शुक्रवार । लमजुङको सुन्दरबजार नगरपालिका–८ निवासी एक युवक लागूऔषध सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २३ वर्षीय विशाल परियार रहेको तथा उनलाई घरमै छापा मारेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
परियारको घरबाट प्रहरीले डाइजेपाम १७ सिसी, फेर्नेगन १७ सिसी, बुप्रेनोर्फिन १७ सिसी, ट्रामाडोल १ सय क्याप्सुल र करिब ५ सय ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीले सूचना आधारित अपरेसनमार्फत ती लागूऔषधसहित परियारलाई पक्राउ गरेको हो।
पक्राउ परेका परियारमाथि लागूऔषध सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयस्तरमा लागूऔषध ओसारपसार तथा दुरुपयोग नियन्त्रणका लागि निगरानी कडाइ गरिएको पनि जनाएको छ।
























