हेडलाईनव्याससमाचारगण्डकी

दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा वन, वातावरण र जैविक विविधता सम्बन्धी अभिमुखीकरण

प्रहार समाचार । दमौली, ९ जेठ २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरमा सञ्चालित आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा वन, वातावरण तथा जैविक विविधता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ६० जना विद्यार्थी तथा ती कक्षामा अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो।

डिभिजन वन कार्यालय, दमौलीको आयोजनामा सम्पन्न कार्यक्रममा सबडिभिजन वन अधिकृत मदन सुवेदीले प्रशिक्षण प्रदान गर्दै सुवेदीले वन, वातावरण र जैविक विविधता के हो, त्यसको संरक्षण किन आवश्यक छ, संरक्षणका उपायहरू, जलवायु परिवर्तन र त्यसको प्रभाव तथा त्यसबाट जोगिने उपायहरूबारे जानकारी गराएका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख महाप्रसाद हद्खलेले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button