हेडलाईनसमाचारप्रदेश

मकवानपुरमा ठूलो मात्रामा गाँजा सहित दुई युवा पक्राउ

• सुशिल बि. क. ( प्रहार संवाददाता ) मकवानपुर, ६ जेठ २०८२ मङ्गलवार । मकवानपुरको भीमफेदी गाउँपालिका-१ खोप्लाङखोलामा प्रहरीले करिब १ सय ७२ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई युवालाई रंगेहात पक्राउ गरेको छ।

सोमबार राति प्रहरीले खटाएको टोलीले चुनियाबाट हेटौंडा जाँदै गरेको बा.३ च ३४९६ नम्बरको कार चेकजाँच गर्दा चार बोरामा लुकाइएको ठूलो परिमाणको गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका-८ सिमपानीका २५ वर्षीय प्रदिप मोक्तान (कार चालक) र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन्। लागूऔषध ओसारपसारमा संलग्न समूह विरुद्धको अभियान अन्तर्गत प्रहरी चौकी भैंसेको टोलीले सो सफलता हात पारेको हो।

अवैध लागूऔषधको कारोबारले युवाहरूलाई अपराध र दुर्भाग्यतर्फ धकेलिरहेको सन्दर्भमा प्रहरीको यो कारबाही उदाहरणीय सावित भएको छ। युवापुस्तालाई सचेत रहन, सजग बन्न र कानुनी मार्ग अवलम्बन गर्न आग्रह गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button