हेडलाईनसमाचारदेवघाटगण्डकी

नेविसंघ तनहुँको अधिवेशनको सुरुआत : देवघाटबाट इकाई गठन सम्पन्न

प्रहार समाचार । तनहुँ,५ जेठ २०८२ सोमवार । नेपाली विद्यार्थी संघ (नेविसंघ) तनहुँको आसन्न जिल्ला अधिवेशनका सन्दर्भमा पालिका अन्तरगतका उच्च माध्यमिक विद्यालयहरूमा अधिवेशन प्रक्रिया सुरु गरिएको छ। अधिवेशनको पहिलो चरण अन्तर्गत देवघाट गाउँपालिकास्थित कालिका माविमा इकाई गठन तथा नयाँ सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको हो।

नेविसंघ पालिका संयोजक तथा जिल्ला सदस्य हरि कुँवरको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य सुनिल मिश्रले विद्यार्थीहर परिवर्तनका बाहक भएकाले सचेत रहेर अगाडी बढ्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष आशिष कैनीले पालिकास्तरीय इकाई गठन क्रमशः सम्पन्न गर्दै जिल्लास्तरीय अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए। उनले संगठन सुदृढीकरणका लागि विद्यार्थीहरूलाई सक्रिय रूपमा संलग्न गराउनुपर्नेमा जोड दिए। त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव यम सारु, नेविसंघका जिल्ला प्रवक्ता रिम बहादुर आले, जिल्ला सदस्य तथा भानु नगर संयोजक सुजन थपलिया, नेता उत्तम लामा लगायतको उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button