हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

दमौलीमा पाँचदिने वृहत योग विज्ञान शिविर सुरु

• शंकरराज नहर्की। तनहुँ, ५ जेठ २०८२ सोमवार । व्यास नगरपालिका–२ को आयोजना आजदेखि पाँचदिने वृहत योग विज्ञान शिविर तथा १५ दिने सहयोगी प्रशिक्षक प्रशिक्षण कार्यक्रम दमौलीमा सुरु भएको छ। तस्बिरहरु: प्रहार अनलाईन मिडिया

उत्तरशिला, अमरापुरी र पुलचोक टोल विकास संस्थाको सहआयोजनामा तथा पतञ्जली योग समिति तनहुँको समन्वयमा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर पालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरलाई योगमैत्री पालिका घोषणा गर्ने तयारीमा रहेको बताए । नगर प्रमुख न्यौपानेले आगामी नगरसभाबाट दमौली आसपासमा ३ सय देखि ५ सय जना अट्ने क्षमता भएको आधुनिक योग हल निर्माण गर्ने निर्णय समेत गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सभापति तथा व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले योगले शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै समुदायस्तरमै यसको अभ्यास विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने- “सामुदायिक भवन, आमा समूह र अन्य स्थानीय संरचनामार्फत योगलाई पहुँचमा पुर्‍याउन सकिन्छ।”

कार्यक्रममा पतञ्जली योग समिति नेपालकी केन्द्रीय सदस्य पुज्या साध्वी देवकृपाले प्रशिक्षण प्रदान गरेकी छन्। योग शिविरमा पूर्व जिल्ला विकास समिति उपसभापति एवं सल्लाहकार बल बहादुर आले, निवर्तमान जिल्ला समन्वय समिति सदस्य एवं सल्लाहकार केश बहादुर सुनार, निवर्तमान अध्यक्ष एवं सल्लाहकार मान बहादुर आले, पतञ्जली योग समिति तनहुँका महासचिव दीपक श्रेष्ठ तथा व्यास नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, पतञ्जली योग समिति तनहुँका अध्यक्ष डिल बहादुर आले मगर, बरिष्ठ उपाध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष सन्त कुमार श्रेष्ठ, सचिव मिलन राज न्यौपाने, संगठन मन्त्री मोतीलाल श्रेष्ठ, महिला पयाेस तनहुँका पदाधिकारी एवं सदस्यहरू, नगर प्रभारी तथा अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, आमा समूहका अध्यक्षहरू, योग शिक्षक, पत्रकार र स्थानीय योगप्रेमीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। आयोजकले ‘सबै सहभागी होऔँ, योग गरौं, स्वस्थ रहौं’ भन्ने मूल सन्देशसहित शिविर सञ्चालन भइरहेको जनाएको छ।

हालको परिवेशमा सर्ने रोगभन्दा नसर्ने रोगहरूको प्रकोप बढ्दो अवस्थामा छ। यस्तो समयमा दैनिक योग अभ्यासमार्फत उच्च रक्तचाप, मधुमेह, मोटोपन, तनावजस्ता विभिन्न रोगहरूबाट बच्न सकिने चिकित्सकहरू बताउँछन्। योगले शारीरिक, मानसिक र बौद्धिक रूपमा शरीरलाई शुद्ध, सन्तुलित र ऊर्जावान राख्न मद्दत गर्दछ, जसले व्यक्तिको समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने भएकाले योग शिविरमा जोडिन सबैलाई आयोजक समितिले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button