हेडलाईनसमाचारगण्डकी

लमजुङमा ट्याक्टर दुर्घटना : चालकको गयो ज्यान

• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ५ जेठ २०८२ सोमवार । लमजुङको बेसीशहर नगरपालिका-१ उदिपुरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ। उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ०२०३–००१ त ५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । ह

दुर्घटनामा परेर उदिपुर ढाडगाउँका ३१ वर्षीय अहिर परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिए। अनियन्त्रित गतिका कारण ट्याक्टर सडकमै पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतक परियारको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button