हेडलाईनसमाचारप्रदेश

आजको मौसम : वर्षासँगै गर्मीबाट राहत, अझै केही दिन मौसमी सक्रियता कायमै रहने

प्रहार समाचार । काठमाडौं,२ जेठ २०८२ शुक्रवार । देशका धेरै भू-भागमा रातिदेखि परेको वर्षासँगै केही दिनदेखि बढ्दै आएको गर्मीबाट सर्वसाधारणले हल्का राहत महसुस गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।

यससँगै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।हाल देशभर पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ।

विभागले मौसममा भइरहेका यी उतारचढावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button