हेडलाईनसमाचारप्रदेश

टेरामक्स खरिद प्रकरण : ‘शुरुआत मैले होइन, प्राधिकरणले गरेको हो ‘ – गोकुल बास्कोटा

प्रहार समाचार । काठमाडौं, २ जेठ २०८१ शुक्रवार । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले टेरामक्स प्रविधिको खरिद प्रक्रिया आफ्नो कार्यकालअघि नै सुरु भएको भन्दै आफूले त्यसमा कुनै आदेश वा निर्देशन नदिएको प्रष्ट पारेका छन्।

अख्तियारमा बयान दिँदै बास्कोटाले टेरामक्स खरिदको निर्णय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको र मन्त्रालयको भूमिका नगण्य रहेको दाबी गरे। “मैले कार्यभार सम्हाल्नुअघि नै प्राधिकरणले टेन्डर प्रक्रिया अघि बढाइसकेको थियो”, बास्कोटाले भने।

उनका अनुसार बजेट तथा कार्यक्रम स्वीकृति प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्छ र मन्त्रालयले केवल नीतिगत सहमति मात्र दिने हो। उनले टेरामक्समा स्वीकृत बजेट दोब्बर हुनुबारे पनि आफू जिम्मेवार नरहेको बताए।

बास्कोटाले आफूले संसद् र अन्यत्र पनि टेरामक्स आवश्यक नरहेको अभिव्यक्ति दिइसकेको भन्दै खरिद प्रक्रिया आफ्नो कार्यकालमा कार्यान्वयनमा गएको नै नभएको बताए। अख्तियारले पनि प्रमाण अभावको आधारमा उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ।

यसबीच, पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भने विशेष अदालतमा ३ खर्ब ५१ करोडको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button