हेडलाईनसमाचारप्रदेशखेलकुद

साफ यू-१९ : सेमिफाइनलमा नेपाल र बंगलादेशबीच पुनः भिडन्त, विगतको बदला लिने तयारीमा नेपाल

प्रहार समाचार । काठमाडौँ, २ जेठ २०८२ शुक्रवार ।  भारतको अरुणाञ्चल प्रदेशमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल चरण आजदेखि सुरु हुँदैछ।

पहिलो सेमिफाइनल खेलमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्दैछ। नेपाली समय अनुसार दिउँसो ३:४५ बजे गोल्डेन जुब्ली स्टेडियम, युपियामा हुने यो खेल दुवै टोलीका लागि प्रतिशोध र प्रतिष्ठाको लडाइँ हुनेछ।


बंगलादेश समूह ‘ए’ को विजेता र नेपाल समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेका हुन्। नेपालले श्रीलंकामाथि ५–० को जित निकाले पनि भारतसँग ४–० ले हार बेहोरेको थियो। उता बंगलादेशले भुटानलाई हराएर र माल्दिभ्ससँग बराबरी खेल्दै समूह विजेता बन्यो।


नेपाल र बंगलादेशबीच अघिल्लो वर्षको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पनि भिडन्त भएको थियो, जहाँ बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। तथापि, उमेर समूहको साफ इतिहासमा नेपालले बंगलादेशमाथि ४ पटक विजय हासिल गरेको छ भने केवल एक खेलमा मात्र पराजित भएको छ।
नेपाल आजको खेलमा विगतको हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। दोस्रो सेमिफाइनलमा भने आजै राति ७:४५ बजे आयोजक भारत र माल्दिभ्स आमनेसामने हुनेछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button