प्रहार समाचार । तनहुँ, १ जेठ २०८१ बिहीवार । जिल्ला प्रशासन कार्यालय तनहुँले गर्मी यामको प्रारम्भ सँगै स्थानीय खोलानालाहरुमा पौडी खेल्ने लगायतका गतिविधि बढेको एवं वर्षा यामको प्रारम्भ सँगै खोलानालाहरुमा पानीको वहाव वृद्धि हुँदै गएको जनाएको छ।

प्रशासन कार्यालयले हालैका दिनहरुमा देशका विभिन्न भागहरुमा खोलाले बगाई मानिस घाइते, मृत्यु वा वेपत्ता हुने क्रम वृद्धि भएकाले यस्ता घट्नाहरुबाट बच्न आवश्यक सचेतना र सावधानी अपनाउन आग्रह गरेको छ। यसै सन्दर्भमा देहायका विषय समेतमा सचेत रहनुहुन जिल्ला प्रशासन कार्यालय तनहुँवासी महानुभावहरुमा अनुरोध गरेको छ। ग
१. अत्यावश्यक नपरी नदी तथा जलाशयमा नजाने।
२. बालबालिकालाई एक्लै नदी तथा जलाशय क्षेत्रमा नपठाउने एवं साथीभाई र संरक्षकको साथ विना यस्ता क्षेत्रमा नजाने।
३. गहिरो र अप्ठ्यारो जोखिमयुक्त स्थानमा पौडी खेल्ने लगायतका कार्य नगर्ने।
४. नदी तथा जलाशय क्षेत्रमा जानुपर्दा जीवन सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने।
५. मादक पदार्थ सेवन गरी नदी तथा जलाशय क्षेत्रमा नजाने।
६. कुनै दुर्घटना परी आपत्कालिन अवस्था आईपरेमा तत्काल सहायताका लागि नेपाल प्रहरीको नम्वर १०० वा जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकृतको मोबाइल नं. ९८५६०६२२५५ वा सशस्त्र प्रहरी बल नेपाल, नं. २३ गण हे. क्वा. को सम्पर्क नं. ९८५१२७२०९९ वा जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र तनहुँको सम्पर्क नं. ०६५-५६४१६१ मा सम्पर्क गरी जानकारी गराउनुहुन समेत अनुरोध समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
“सचेत रहौं, दुर्घट्नाबाट बचौं”



























