हेडलाईनसमाचारगण्डकी

लमजुङमा आफ्नै बाबुको हात्या गर्ने  छोरा पक्राउ

• विजय अधिकारी । लमजुङ, १ जेठ २०८२ बिहीवार । लमजुङको  मर्स्याङ्दी गाउँपालिका वडा नम्बर-४, कालाघिरिङ बस्ने ५७ बर्षीय बाबु नर बहादुर गुरुङको हत्या गरेको आरोपमा आफ्नै जेठो छोरा २३ बर्षीय लु बहादुर गुरुङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङको हत्या आरोपमा उनका छोरा लु बहादुर गुरुङ पक्राउ परेको जनाएको छ ।

कालाघिरीङ बस्ने बर्ष ५७ को नर बहादुर गुरुङ ठुलोढुङ्गा स्थित आफ्नै गाई गोठमा मृत अवस्थामा रहेको भन्ने जिल्ला प्रहरी कार्यालयमा सुचना प्राप्त भए पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय बाट  SOCO सहितको अनुसन्धान टोली बैशाख ३० गते मंगलबार बिहान करिब ६ बजे घट्नास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा मृतकको शरीरको टाउको,अनुहार समेतको भागमा गम्भिर घाउचोट लागी रगताम्य भएको र पेटमा निलडाम मृतकको शरीरका विभिन्न भागहरु,टाउको तथा अनुहार समेतको भागमा चोट देखिएको,आँखा नजिक काटिएको,घाउहरु लागी रगताम्य भएको, पेटमा निलडामहरु देखिएको घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ लागेको चिरपट दाउरा,काठको लौरो र बन्चरो समेत फेला परेको हुँदा मृतक नर बहादुर गुरुङको कोही कसैले हत्या गरेको शंका लागेको घट्नास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए। 

प्रहरी निरीक्षक साहका अनुसार- घटनास्थलमा रगत लागेको चिर्पट दाउरा, काठको लौरो र बन्चरो समेत फेला परेपछी गोप्य अनुसन्धानका आधारमा मृतक नर बहादुरका आफ्नै जेठो छोरा लु बहादुरले चिर्पट र बन्चरो प्रहार गरी आफनै बाबुको हत्या गरेको खुल्न आएपछि उनलाई तत्काल पक्राउ गरिएको साहले प्रहार समाचारलाई बताए ।पक्राउ परेका प्रतिबादी गुरुङलाई बुधबार सम्मानित लमजुङ जिल्ला अदालत बाट ज्यान सम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दामा  ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button