प्रहार समाचार । तनहुँ, २९ बैशाख २०८२ सोमवार । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय रहेको बताएका छन् ।

२५६९औं बुद्ध जयन्तीको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको बताएका छन् ।
राष्ट्रपति पौडेलले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति , समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना स व्यक्त गरेका छन् ।


























