प्रहार समाचार । पोखरा,२९ बैशाख २०८२ सोमवार । नेपाल प्रेस यूनियन केन्द्रीय कार्यसमितिको आयोजनामा यहि बैशाख २६ गते देखि ३० गते सम्म मुस्ताङको लोमाङथाङमा अन्तराष्ट्रिय मिडिया समीटमा सहभागीहरुलाई पर्वतको जलजला गाउँपालिकाले स्वागत गरेको छ।

पालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले नेपाल प्रेस यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितको टोलीलाई आज जलजला गाउँ पालिकामा स्वागत गरेका हुन्।
यस अवसरमा अध्यक्ष आचार्यले पालिकाको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह, सुशासन, आर्थिक समृद्धि र समतामूलक समाजको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने आशा र विश्वास लिए ।
उनले पालिकाले सेवा प्रवाह विकास निर्माण र सुशासनको क्षेत्रमा गरेका असल कामहरूको विवरण, सम्भावना, अवसर, चुनौती र भावी योजना समेत प्रस्तुत गरेका थिए । समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यस अवसरमा बोल्दै प्रेस यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पलिकाले अधिकतम साधन र श्रोतको परिचालन गरेर जनताको सेवा गर्नु पर्नेमा जोड दिए । प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकाहरुको यो जमघट ऐतिहासिक रहेको चर्चा गर्दै नेपालको पर्यटन प्रवर्धनगर्नेमा कलम चलाउन आग्रह गरे ।


























