हेडलाईनसमाचारप्रदेश

आफ्नै श्रीमान् को हत्या गरेको अभियोगमा श्रीमति पक्राउ

प्रहार समाचार । खोटाङ, २८ बैशाख २०८२ आइतवार ।  खोटाङमा आफ्नै श्रीमान्  को हत्या गरेको अभियोगमा श्रीमति पक्राउ परेकी छिन् ।

५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै झापा जिल्लामा आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button