प्रहार समाचार । चितवन, २८ बैशाख २०८२ आइतवार । अबरुद्ध मुग्लिन – नारायणगढ सडक खण्ड खुल्न अझै समय लाग्ने भएको छ। आज बिहान ७ बजे तुइनखोलामा ट्रक पल्टिँदा उक्त सडक खण्ड पूर्ण रूपमा बन्द हुन पुगेको हो । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिन पुगेको प्रहरीले जनाएको छ। तस्विर : प्रहार अनलाईन मिडिया

कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ। अहिले बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । सडक अबरुद्ध भएपछि हजारौं यात्रु हरु बिच बाटोमा नै अलपत्र परेका छन्।



























