साहित्यप्रदेश

प्रहार साहित्य : लघुकथा ‘धाेकाे’

चाैध वर्षकाे अमेरिका बसाइपछि चित्रप्रसाद कविराजकाे नाति इन्द्रप्रसाद बाजेबज्यै भेट्न नेपाल फर्किए । मान्छन् भने उनीहरुलाई अमेरिका लैजाने  विचार थियाे उनकाे ।

नातिसँग भेट भएपछि कविराज दम्पति अाैधी खुशी भए । अमेरिका जान नमानेपछि नातिले साेधे – ‘अमेरिका जान मान्नुभएन हजुरहरु! अरु मनकाे इच्छा के के छन् भन्नुस्, म पूरा गर्छु ।’

बूढाले भने- ‘ हाम्रा तीनवटा रहर छन् । पहिलो , बुढाबुढी भएर मुक्तिनाथ दर्शन गर्ने ।दाेस्राे, हामी दुवैकाे चाैरासी पूजा भव्य रुपमा लगाउने। तेस्राे, ज्यामिरेफाँटमा रहेकाे बाजेकाे पालाकाे काठकाे पाटीलाई ढलान गरेर नयाँ बनाउने । यति भए हामीलाई पुग्याे ।’

सानैमा अामाबाबु गुमाएका इन्द्रप्रसादले बाजेबज्यैकाे अन्तिम इच्छा सहजै पूरा गरिदिए र अमेरिका फिरे । लगत्तै शनिबारे सत्सङ्गमा कविराजले  सबैसित भने-‘मेरो नाति अमेरिका बसे पनि नेपालको औधी माया गर्छ। ‘

-चुँदी, तनहुँ । (हाल : मातातीर्थ ,  काठमाडौं ।)


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button