हेडलाईनसमाचारप्रदेश

हिरासतमा रहेका राप्रपा नेता रविन्द्र मिश्रलाई तनहुँका युवा नेता जोशीद्धारा भेट

प्रहार समाचार । काठमाडौँ, २२ बैशाख २०८२ सोमवार । राजावादी आन्दोलनको क्रममा हिरासतमा रहेका राप्रपा नेता रविन्द्र मिश्रलाई तनहुँका युवा  दीपक राज जोशील भेट गरेका छन् ।

राजसंस्थाको पुनःस्थापनाको मागसहित जारी राजावादी आन्दोलनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई व्यास नगर पालिका नगर प्रमुखका उप बिजेता समेत रहेका नेता जोशीले आज भेट गरेका हुन्।

जोशीले हिरासतमा रहेका मिश्रसँग भेट गर्दै वर्तमान राजनीतिक अवस्था, आन्दोलनको भावी रणनीति, र राप्रपाको भूमिका सम्बन्धी विषयमा छलफल गरेका छन्। भेटका क्रममा जोशीले लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।

यसै सन्दर्भमा, आन्दोलनकै क्रममा पक्राउ परेका तनहुँ दमौलीका विष्णु पराजुलीलाई पनि जोशीले भेट गरेका छन्। पराजुलीलाई भेटेर उनले मुलुक निर्माण मा सबैजनाको ऐक्यबद्धता हुनुपर्ने कुरा व्यक्त गर्दै, शान्तिपूर्ण रूपमा उठाइएका मागहरूको सम्मान हुनुपर्ने बताएका छन्।

उक्त भेटघाटमा नेता मिश्रले  देश हाल विषम राजनीतिक परिस्थितिबाट गुज्रिरहेको  र  छिट्टै नै समाधानको बाटो नखोजिए मुलुक गम्भीर संकटतर्फ धकेलिने  अवस्था भएको उल्लेख गरेका छन्।

यातै नेता जोशीले  आन्दोलनको क्रममा हिरासतमा रहेका राप्रपा तनहुँका नेता  विष्णु पराजुली लाई पनि भेटेका थिए ।  भेटपछि प्रहार समाचारसँग संक्षिप्त कुरा गर्दै जोशीले भने, “देशले निकास नपाए स्थिति नियन्त्रण बाहिर जान सक्छ। यथाशीघ्र राष्ट्रिय सहमति र स्थायित्वतर्फ अग्रसर हुनुपर्ने बेला आएको छ।

जोशीले भने – ‘हिरासतजस्तो कठिन परिस्थितिमा पनि मिश्रजीको मनोबल उच्च छ। उहाँ पुस्तकहरू पढिरहनुभएको छ, केही नयाँ कविता लेखिरहनुभएको छ, र भेटघाटका क्रममा राजनीतिक विषयमा पनि निरन्तर छलफल गरिरहनुभएको छ। मिश्रको मनोबल र विचारशीलता हिरासतमा रहँदा पनि कमजोर देखिएको छैन ।’

उनले समसामयिक आन्दोलनहरू नागरिकहरूको लोकतान्त्रिक अधिकार प्रयोग गर्ने साधन भएको उल्लेख गर्दै, ती आवाजहरूलाई सुन्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए।

राप्रपाले पछिल्लो समय राजसंस्थाको पुनःस्थापनाका लागि देशव्यापी आन्दोलन तीव्र बनाएको छ। आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा राप्रपाका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button