प्रहार समाचार । काठमाडौं, २३ बैशाख २०८१ मङ्गलवार । काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा स्रोत नखुलेको ठुलो रकम सहित चार जना पक्रउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं, तार्केश्वर नगरपालिका ३ फेदी घर भएका २९ वर्षिय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षिय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका ३ घर भएका ३१ वर्षिय सन्तोष गुरुङ र ३९ वर्षिय सन्तोष घिमिरे रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए ।
आईतबार दिउसो २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुबाट रु ९५ लाख १७ हजार ५ सय रुपैयाँ रकम बरामत गरिएको एसपी बोहराले बताए ।
उक्त रकम सहित निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























