हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको दुलेगौँडा-लिलाचोक सडक निर्माण कार्य छिटो सम्पन्न गर्न नगर प्रमुख पण्डितको आग्रह

• सुशिल बि.क.( प्रहार संवाददाता ) । तनहुँ, २२ बैशाख २०८२ सोमवार । जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडा–लिलाचोक सडक खण्डको मर्मत विस्तार आयोजनाको काम छिटो सम्पन्न गर्न शुक्लागण्डकी नगर पालिकाका नगर प्रमुख कृष्णराज पण्डितले आग्रह गरेका छन्।

नगरपालिकाका प्राविधि सहित  र निर्माण कम्पनीका प्रतिनिधिहरुले हालै स्थलगत अवलोकन भ्रमणका क्रममा नगर प्रमुख पण्डितले उक्त आग्रह गरेका हुन्।

नगरपालिकाका तर्फबाट नगरप्रमुख सहित  उपमेयर खुमबहादुर विक (राजु), प्रमुख प्रशसकीय अधिकृत रामचन्द्र लामगादे, नगरपालिकाका प्रमुख प्राविधिक इन्जिनियर तारापति भट्टराईले निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधिहरुलाई बर्खा सुरु हुने बेला आएकाले कामको गति बढाउन आग्रह गरेका थिए ।

विश्व बैकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालन गरिएको सहरी शासन र पूर्वाधार योजना अन्तर्गतको यो आयोजनामा हालसम्म  २३ प्रतिशत काम भएको पाइएको छ । सडक विस्तारको क्रममा देखिएको समस्या तत्काल समाधान गर्न नगरपालिका तयार रहेकाले स्थानीय सरकारसँगको समन्वय प्रभावकारी बनाएर कामको गति बढाउन नगर प्रमुख  पण्डितले निर्माणपक्षलाई निर्देशन दिए ।   अनुगमनका क्रममा उपमेयर विकले निर्माण कम्पनीका प्रवन्ध निर्देशक ऋषिराज बानियाँलाई कामदार थपेर निर्माणको गति बढाउन सुझाएक थिए ।

यता बानियाँले तोकिएकै समयमा काम सक्ने गरि लाग्ने बताएका छन् । २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति मा ठेक्का सम्झौता भएको यो आयोजना अवको साढे दुई महिनामा सक्नुपर्ने सम्झौता रहेको छ ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । केही भागमा ढलान हुनेछ  बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ निर्माण कम्पनीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button