हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल किसान संघ तनहुँको अध्यक्षमा गौतम

प्रहार समाचार । तनहुँ, ९ बैशाख २०८२ मङ्गलवार । नेपाल किसान संघ तनहुँको  जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ। उक्त अधिवेशनले शुक्लागोडकी -८ की सरस्वती गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा ब्यास १० का कालिका पौडेल सचिवमा देवघाटका दिलबहादुर चामे मगर बाचे मगर र सचिवमा भोजराज लामिछाने चयन भएका छन्। यस्तैगरी समितिको सदस्यहरूमा मानबहादुर थापा केशरबहादुर थापा रेशम माया जैरे विष्णु सुवेदी आनन्द काफ्ले तुलसी पन्त रामनाथ भट्टराई पदम बहादुर राणा जितमाया राणा सन्तोषी सुनार र श्रीबहादुर आले चयन भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले किसानहरू देशका मेरुदण्ड भएकोले कृषकको हक हितका लागि सरकारले देखिने गरी काम गर्नुपर्ने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button