प्रहार समाचार । काठमाडौ, बैशाख ९ २०८२ मङ्गलवार । इसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा हिंजो निधन भएको छ । पोप फ्रान्सिसको निधनप्रति सम्मान प्रकट गर्दै भारत सरकारले देशभर तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।

भारतको गृह मन्त्रालयका अनुसार राजकीय शोकको पहिलो चरण मंगलबार र बुधबार दुई दिन रहनेछ। तेस्रो दिनको शोक पोप फ्रान्सिसको अन्त्येष्टि हुने दिन मनाइनेछ।
शोक अवधिभर भारतको राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने शोक अवधिभर कुनै पनि सरकारी मनोरञ्जन कार्यक्रम आयोजना गरिने छैन।सादगीपूर्ण जीवनशैली, सामाजिक न्यायप्रति प्रतिबद्धता र वातावरण संरक्षणप्रति स्पष्ट धारणा राख्ने नेताका रूपमा विश्वभर परिचित पोप फ्रान्सिस इतिहासका पहिलो ल्याटिन अमेरिकी पोप थिए।
इटालियन सञ्चारमाध्यमका अनुसार पोपको मृत्यु ब्रेन स्ट्रोकका कारण भएको हो ।
























