हेडलाईनसमाचारप्रदेश

कपिलवस्तुमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

प्रहार समाचार । दाङ, ५ बैशाख २०८२ शुक्रवार । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गएराति अज्ञात समूहले गोली प्रहार भएको छ ।

गएराति करिब राति साढे ११ बजे अध्यक्ष चौधरीलाई निशाना बनाएर गोली हानिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

राति बिजुली  गएको समयमा  आफू शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको चौधरीले बताए । ‘म शैयालय फुर्किनासाथ गोली हानियो ।’ अध्यक्ष चौधरीलाई गोली भने लागेको छैन । यस सम्बन्धमा प्रहरीले  थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button