हेडलाईनसमाचारगण्डकी

लमजुङमा मान्छेलाई आक्रमण गर्ने  चितुवा समातेर  कास्की पठाइयो

• विजय अधिकारी ( संवाददाता । लमजुङ, ५ बैशाख २०८२ शुक्रवार । लमजुङको  बेसीशहर नगरपालिका वडा नम्बर १ उदिपुरमा घट्ना घटाएको चितुवालाई वन डिभिजन कार्यालय लमजुङ मार्फत  कास्की पाठाइएको छ ।

लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर १ उदिपुर स्थित सन्तकुमार श्रेष्ठको मान्छे नबस्ने पुरानो घरमा उक्त चितुवा भेटीएको हो ।

मानिसहरूको चहलपहल बढ्न थाले पछि मान्छेलाई देखेर उक्त घरबाट निस्केर केही पर झ्याङमा पसेर बसेको बेलामा गाँउलेहरू मिलेर भगाउन लाग्दा सोही गाँउमा बस्ने ६२ बर्षीय मोतिलाल श्रेष्ठले लाठिले घोच्ने क्रममा चितुवाले श्रेष्ठलाई आक्रमण गरेको थियो । आक्रमणमा परी  श्रेष्ठको दुबै हात र बाया खुट्टाको घुडामा  चिथारेर घाइते बनाएको छ । श्रेष्ठलाई प्रदेश अस्पताल लमजुङमा ल्याई उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

चितुवाले आक्रमण गरेको  खबर थाहा पाए पछि प्रहरी हवलदार बलराम परियारको कमान्डमा प्रहरीको दुई  टोली गएर चितुवालाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, लमजुङसँग समन्वय गरि डिभिजन वन कार्यालय कास्कीलाई खबर गरि चितुवा जिम्मा लगाई हिंजो पठाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button