प्रहार समाचार । काठमाडौँ, ५ बैशाख २०८२ शुक्रवार । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहुनुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको कारण आज देशभर वर्षाको सम्भावना रहेको छ ।

आज सबै प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले बिहानै देखि कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ

यस्तै आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ । राति पनि यो क्रमले निरन्तरता पाउने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
























