• विजय अधिकारी (संवाददाता ) काठमाडौ, ४ बैशाख २०८२ बिहीवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह महामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएकी छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी श्रेष्ठले आज कार्यवाहक सभापति डिपि अर्याल समक्ष राजीनामा प्रस्ताव पेश गरेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको “एक व्यक्ति,एक पद” भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्न भन्दै उनलेे राजीनामा दिएको बताईएको छ । उनको यस कदमले पार्टीभित्र शुद्धिकरण, जवाफदेहिता र निष्ठाको संस्कार निर्माण गर्न योगदान पुर्याउने भनाई उनको छ।
राजनीतिमा यस्त निर्णयले लोकतन्त्र र जनप्रतिनिधिको मर्यादालाई अझ बलियो बनाउने उनको भनाई छ। धेरै नेताहरु पदको कुर्सीसँग लिप्त भइरहेको बेला सुमना श्रेष्ठको यस्तो कदमले राजनीति र नेतृत्वको लागि समेत ठूलै पाठ हुने एक थरिले विश्लेषण गरेका छन्।
रास्वपा सह महामन्त्री श्रेष्ठले विधायकी भूमिकामै केन्द्रित रहने बताएकी छन् । यसले (रास्वपा) पार्ट भित्र ठूलै तरङ्ग उत्पन्न गराएको छ।
























