हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तोक्यो प्रदेश इन्चार्ज : इन्चार्ज तोकिएसंङ्गै बढ्यो असन्तुष्टि

प्रहार समाचार । तनहुँ, ४ बैशाख २०८२ बिहीवार ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका  सात प्रदेशमा इन्चार्ज तोकेको छ । 

कार्यवाहक प्रवक्ता मनिष झाले आज बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशमा इन्चार्ज तोकिएको जानकारी दिए । ‘प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकिएको हो ।’- प्रवक्ता झाले भने ।

जस अनुसार अनुसार कोशी प्रदेशको इन्चार्जमा  सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा,  बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल इन्चार्ज तोकिएका छन् ।


त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाल तोकिएका छन् ।

तर, प्रदेश इन्चार्ज तोकिए सङ्गै क्षमतावान, प्रतिभाशाली व्यक्तिहरू तोकिनु पर्ने नतोकिएको भन्दै उक्त निर्णय प्रति केहि सदस्य असन्तुष्ट रहेको बताइन्छ । यसका साथै समानताको वकालत गर्ने (रास्वपा) भित्र सात प्रदेशको इन्चार्ज मध्ये एक जना मात्र महिला राखिनुलाई पनि असन्तुष्टिको विषय बनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button