प्रहार समाचार । कास्की, ३ बैशाख २०८२ बुधवार । पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन तथा यज्ञ कुण्ड तयार पार्ने काम आज सम्पन्न भएको छ।

अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ । नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखी कथा प्रवचन गरिरहेकी छन् । कथा वाचिका पाण्डेले अगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने छिन् ।

आज बिहान ११ बजेर १ मिनेट जादाको उत्तम साहितमा नै भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने कार्य साइत जुराएर गरिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको थियो । उक्त काम पनि आजै सम्पन्न भएकोआयोजकले जानकारी दिएको छ ।

























