हेडलाईनव्याससमाचारगण्डकी

प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन

प्रहार समाचार । तनहुँ,३ बैशाख २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका वडा नं.–२, दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको हिंजो साँझ ९३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

२००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२/०६३ को जनआन्दोलनमा श्रेष्ठको सक्रिय सहभागीता रहेको थियो ।

व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहेका श्रेष्ठको आज राजधानी काठपाडौँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ। भ

स्वर्गीय श्रेष्ठको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शंकर भण्डारी,  केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ  लगायतले शोक विज्ञप्ति प्रकाशित गर्दै स्वर्गीय श्रेष्ठको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन्। स्वर्गीय श्रेष्ठले प्रजातन्त्र प्राप्ति र नेपाली काँग्रेस पार्टीकालागि पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने नेपाली कांग्रेसले जनाइएको छ । 

श्रेष्ठका तीन छोराहरु काशीराम श्रेष्ठ, हरिराम श्रेष्ठ ,श्रीराम श्रेष्ठ र दुई छोरीहरु बिन्दु मल्ल र ईन्दु मल्ल रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button