प्रहार समाचार । तनहुँ, २९ चैत २०८१ शुक्रवार । नेपाल प्रहरीले दुर्गा प्रसाई पक्राउ परेको भन्ने हल्ला केवल निराधार रहेको जनाएको छ ।

विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले हिजो एक विज्ञप्ति निकाली उक्त कुरा जनाएको हो। हेरौं विज्ञप्ति:

विज्ञप्तिमा भनिएको छ – ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकका समाचारहरू प्रकाशित भएकोमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले उनि अहिले सम्म पक्राउ नपरेको जनाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्य
द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


























