प्रहार समाचार । तनहुँ, २८ चैत २०८१ बिहीवार । पहाडकी रानी उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सव हुने भएको छ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रबर्धनमा नयाँ वर्ष २०८२ सालको पूर्व सन्ध्यामा यहि चैत ३० गते बाट बैशाख २ गते सम्म कार्यक्रम सुरु हुने आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

पत्रकार सम्मेलनमा बोल्दै बन्दीपुर गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले देशकै प्रमुख गन्तव्यका रूपमा बन्दीपुरलाई विकास गर्दै बन्दीपुर भ्रमण वर्ष २०२५ मा बास बस्ने पर्यटक २ लाख र अन्य ८ लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ पालिकाले मासिक रूपमा दुई वटा औपचारिक कार्यक्रमहरु गर्दै आएको बताउदै यो महोत्सवले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने बताए । अध्यक्ष थापाले भने ‘नयाँ वर्षलाई मौलिकताका साथ के कसरी मनाउन सकिन्छ भनेर कला संस्कृतिलाई संरक्षण गर्दै बन्दीपुरको पर्यटनको राप र तापलाई देश विदेशमा फैलाइने छ।’

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक एवं नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सवका संयोजक बैश बहादुर गुरुङले चैत ३० गतेबाट नै कार्यक्रम सुर हुने बताए । संयोजक गुरुङले ३१ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गर्ने जानकारी दिए । उनले बन्दीपुर गाउँपालिका भित्र रहेका ९ वटा विद्यालयका विद्यार्थीहरुको प्रतिभाको खोजी अन्तर्रगत लोक नृत्य प्रतियोगित र १ र २ गते बन्दीपुर आएका पर्यटकहरुलाई बन्दीपुरका पर्यटकीय स्थलहरु घुमाउने कार्यक्रम तय गरिएको जानकारी दिए

पर्यटन विकास समिति तनहुँका पूर्व अध्यक्ष एवं पर्यटन विद हरिसिंङ्ग गुरुङले तनहुँको बन्दीपुरको टुंडीखेलमा नेपालमै ठूलो सङ्ख्यामा कौराह नृत्य गराउन सके पर्यटकहरुको ध्यानाकर्षण गर्न सकिने सुझाउँदै साहित्यक, धार्मिक, संस्कृतिक, रकक्लाईमिङ, प्याफटिङ , दमौलीबाट साराङघाट सम्मको ऱ्याफटिङ गराएर पर्यटकलाई भरपुर आनन्द प्रदान गर्न सकिने बताए

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी , प्रचार विभागका संयोजक राजु बानियाँ लगायतले महोत्सव सफल पनि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा रेवानका केन्द्रीय सदस्य एवं तनहुँका अध्यक्ष जितेन्द्र भूमी लगायतको उपस्थिति रहेको थियो।


























