हेडलाईनसमाचारगण्डकी

नेपाली सेनाको   ऐतिहासिक गोरखा – जितगढी पदयात्रा गोर्खा दरबारबाट सुरु

प्रहार समाचार । तनहुँ, २८ चैत २०८१ विहिवार । नेपाली सेनाको   ऐतिहासिक गोरखा- जितगढी  पदयात्रा आज  गोर्खा दरबारबाट सुरु भएको छ ।

३ सय ५ दशमलब ५ किलोमिटर पदयात्रा तनहुँ, पाल्पा हुँदै बुटवल उप-महानगरपालिका  जितगढी पुगेर समाप्त हुने छ।

आज दिउसो ४ बजे गोरखाको उक्त टिम तनहुँ भानु आइपुग्ने छ ।  भानुको टिमले गोरखाको टिमलाइ स्वागत गर्नेछ ।  उक्त टिम आजको रात श्री रुरु भैरव दल गण भन्सारमा बास बस्ने  रुरु भैरवदल गण भानु-१ भन्सारका  प्रमुख प्रमुख सेनानी  राजेन्द्र श्रेष्ठले बताए ।

उक्त टोली भोलि  तनहुँसुर दरबारमा गएर बास  बस्ने कार्यक्रम तय गरिएको छ। पर्सि बिहान तनहुँसुरमा ब्यास नगरपालिका र भानु नगरपालिकाका नगर प्रमुखहरुको  उपस्थितिमा रुरु भैरवदल गण भानु-१ भन्सारमा बस्ने र  कालीभञ्जन गण (ई) ब्यास -५ चापाघाटका प्रमुखलाई  झण्डा बुझाएर भानुको टिम फर्कने कार्यक्रम रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button