विजय अधिकारी ( संवाददाता) काठमाडौ, २६ चैत २०८१ मङ्गलवार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन आज तीनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र पत्रकार सुरेश रजकको घरमा पुगेका छन् ।

काठमाडौं मेयर शाहले सुबिन महर्जन र पत्रकार सुरेश रजकको घरमा पुगि परिवारसंग भेट गरेका हुन् । महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेट्दै उनले संवेदना व्यक्त गरेका हुन्।

भेट पछी शाहले दुवै जनाको परिवारलाई कानुनी सहायता उपलब्ध गराउने र महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग समेत उपलब्ध गराउने आश्वासन दिएका थिए ।

























