हेडलाईनसमाचारप्रदेश

विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै नेपाली ओरेगन समाज अमेरिका 

प्रहार समाचार । काठमाडौं, २५ चैत २०८१ सोमवार । अमेरिकामा रहेको नेपालीहरूकाे संस्था  ओरेगन नेपाली समाजले आर्थिक स्थिति  कमजोर भएका नेपाली विद्यार्थीहरुलाई पढाईमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गर्ने भएको छ।

समाजले सेवा र विकासका लागि युवाकाे समन्वयमा  १९ जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको हो ।


आइतवार पत्रकार सम्मेलन गर्दै संस्थाले प्रती व्यक्ति १ सय अमेरिकी  डलर रूपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम संयाेजक प्रकाश शर्माले जानकारी दिए ।

संस्थाले स्थानीय सरकारकाे समन्वय र सिफारिसमा माध्यमिक तहमा अध्ययनरत  आर्थिक स्थिति  कमजोर भएका, गरिब, दलित, पिछडिएका वर्ग, असाहाय विद्यार्थीहरूलाई जनही १ सय डलर  दिने घाेषणा गरेको शर्माले बताए ।

समाजका सल्लाहकार भरत वास्काेटाले विगतका वर्षहरूमा व्यक्तिगत समन्वयको आधारमा उक्त छात्रवृत्ति वितरण गर्दै आएकोमा यस वर्षदेखि भने सेवा र विकासका लागि युवाकाे समन्वयमा स्थानीय तह र विद्यालयहरूकाे समन्वयमा विद्यार्थीहरू छनाैट गरिने बताए ।

यस वर्षबाट सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम झापा, माेरङ्ग, धनुषाकाे जनकपुर, सिन्धुली,  चितवन, काठमाडौं,  नवलपरासी, रूपन्देही, तनहुँ,  गाेरखा,  रसुवा,  नुवाकोट, कास्की, दाङ्ग, बाँके, सुर्खेत,  कास्की,  कैलाली र  कञ्चनपुर गरि १९ जिल्लाका २७ वटा सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गर्ने आयोजकले जनाएको छ ।


स्थानीय तह र विद्यालयहरूकाे समन्वयमा विद्यार्थीहरू छनाैट गरि सकेकाे र यही नयाँ भर्ना वर्ष २०८२ बाट सबै विद्यालयमा विद्यार्थीले पाउने वापतकाे छात्रवृत्ति रकम पठाउने प्रबन्ध मिलाइएको कार्यक्रम संयाेजक प्रकाश शर्माले जानकारी दिए ।

संस्थाले विगतका दिनहरूमा बारामा गएको हावाहुरीबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण, कपडा बैंक सञ्चालन, नि:शुल्क कम्प्युटर तालिम प्रदान गरेको थियो । साथै संस्थाले सीप विकास तालिम, जाजरकोटका भूकम्प प्रभावित ५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, सरसफाइ अभियान विद्यार्थी परिषद् नेपाल , सेवा इन्टरनेशनल, ओरेगन समाज नेपाल, चितवन जेसिस लगायत अन्य संस्थाहरूसँग समन्वय गरेर   कार्यहरू गर्दै आइरहेको आर्थिक सल्लाहकार अर्पण  पाैडेलले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button