हेडलाईनसमाचारप्रदेश

रास्वपा सभापति  लामिछाने आज कारागार चलान हुने

प्रहार समाचार । तनहुँ, २५ चैत २०८१ सोमवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज कारागार चलान हुने भएका छन्। 

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहेका उनी आज कारागार चलान हुने भएका हुन् । उनलाई
शुक्रबार राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । तर, उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेसँगै लामिछाने आज जिल्ला कारागार भैरहवामा चलान हुने भएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button