प्रहार समाचार । काठमाडौँ, १९ चैत २०८१ मङ्गलवार । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज चैत १९ गते राति १२ बजेदेखि लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्य गरेका छन्।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।


























