हेडलाईनसमाचारसाहित्यप्रदेशमनोरञ्जन

‘नारायण गोपाल संगीत पुरस्कार २०८१’ घोषणा

प्रहार समाचार । काठमाडौँ, १९ चैत २०८१ मङ्गलवार ।  ‘नारायण गोपाल संगीत पुरस्कार २०८१’ घोषणा गरेको छ । राष्ट्रिय युवा सेवा कोषले विभिन्न विधामा  उक्त पुरस्कार घोषणा गरेको हो ।

युवाहरूमा श्रम, सीप,सदाचार र सेवाको भावना जगाउने उद्देश्यले राष्ट्रको गौरव राख्न साहित्य, संगीत, कला संस्कृति र अन्य क्षेत्रमा लागेका १६ देखि ४० वर्ष ननाघेका युवाहरूलाई पुरस्कार प्रदान गर्ने भएको हो ।

यस वर्ष नारायण गोपाल स्मृति पुरस्कारको लागि अन्तिम छनोटमा परेका जम्मा १० जना मध्येबाट एक जना विजेता युवा सर्जकलाई नगद पुरस्कार तथा प्रमाणपत्र द्वारा सम्मान गरिने कोषले उल्लेख गरेको छ ।

पुरस्कार आगामी २४ गते नेपाल पर्यटन बोर्डको सभाकक्षमा प्रदान गरिने छ। यस्तै  गायन वा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान दिने कलाकार, संगीतकार तथा गायक-गायिकाहरूलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिने छ ।

अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को आदर्श सिद्धान्त र कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्न राष्ट्रिय युवा सेवा कोष २०४२ माघ १६ गते स्थापना गरिएको हो ।
‘नारायण गोपाल संगीत पुरस्कार’ले नेपाली संगीत गरेको योगदानको कदर गर्दै सिर्जनशीलता र कलाको दिशामा अघि बढ्न हौसला प्रदान गर्ने कोषले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button