हेडलाईनव्याससमाचारगण्डकी

मादी नदी माथिको चार लेनको पुल निर्माणको काम तीव्र : ६७ प्रतिशत काम सम्पन्न

प्रहार समाचार । तनहुँ, १५ फागुन २०८१ शुक्रवार । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको सबै भन्दा लामो व्यास नगरपलिका वडा नं. ४ र वडा नं. ५ जोडने  मादी नदी माथिको चार लेनको पुल निर्माणको काम तीव्र रुपमा अगाडि बढिरहेको छ। तस्विरहरु: प्रहार अनलाईन मिडिया ।

पुल निर्माणको काम ६७ प्रतिशत पुरा भएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

प्रीटेज बक्स ग्रडर टाइपको पुल निर्माण भइरहेको हो ।  नेटवर्क आर्क ब्रिज टाइपको पुलको लम्बाइ ३१५ मिटर हुने जानकारी उनले दिए। पुलको तीनवटाको स्ल्याब ढलानको काम सकिएको जानकारी दिँदै उनले पुलको दायाँ बायाँ फुटपाथ र बीचमा डिभाइडर हुने छ।

पर्यटकीय हिसावले पनि यो पुल आकर्षक रहने भएकाले चार वेद १८ पुराणका रचयीता भगवन वेद व्यासको तपो भूमि तनहुँ जिल्लाको पर्यटन प्रवर्धन गर्न पनि यो पुल कोशेढुङ्गा सावित हुने बताइन्छ ।

उक्त पुल निर्माणको लागि १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का लागेको हो। आगामी वर्ष सम्ममा पुल निर्माणले पूर्णता पाउने बताइएको छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button