हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

प्रहार समाचार । तनहुँ, १५ चैत २०८१ शुक्रवार । लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

लायन्स क्लब अफ तनहुँ खैरेनीटारको हिंजो शुब्लागण्डकीमा सम्पन्न  ८ औं अधिवेशबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

श्रेष्ठ  शुक्लागण्डकी नगर उद्योग  वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ७ का सभापति समेत हुन्।
उक्त अधिवेशनले  प्रथम उपाध्यक्षमा सुन्दर बस्याल, द्वितीय उपाध्यक्षमा शेष कान्त पौडेल, तृतीय उपाध्यक्षमा बल बहादुर श्रेष्ठ, सचिवमा गिर बहादुर थापा, कोषाध्यक्षमा हरि तिम्सिना, सह-सचिवमा  बुद्धि कुमार श्रेष्ठ सुबास निर्वाचित भएका छन्।

यस्तै एल सि  एफ कोअडिनेटर  डाल कुमार श्रेष्ठ, सह कोषाध्यक्ष कमल वाग्ले, क्लब प्रशासक लिल कुमार श्रेष्ठ, टेमर राजु घिमिरे, पब्लिक रिलेसन अफिसर सुर्य अधिकारी निर्वाचित भएका छन्। नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्यसंघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button