प्रहार समाचार । तनहुँ, ७ चैत २०८१ बिहीवार । आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएको छ । परीक्षामा देश भरबाट २ हजार ७९ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७१ परीक्षार्थीहरु सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भइरहेको भ छ ।

परीक्षा तालिकाअनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भएको छ ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
यसै बिच तनहुँ जिल्ला बाट यस वर्ष २६ केन्द्रमा साधारण तर्क ४ हजार ८ सय ४४, प्राविधिक धार तर्क १ सय ३३ र ग्रेडबृद्धि तर्क १ हजार ३ सय परीक्षार्थी हरुले परीक्षामा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले बताए ।


























