प्रहार समाचार । तनहुँ, ८ चैत २०८१ बिहीवार । तनहुँको व्यास नगरपालिका वडा नं १२ लामीडाँडा निवासी ४४ बर्षीय प्रेममाया भुजेलको उपचारका लागि सहयोग जुट्न थालेको छ।

व्यास नगरपालिका वडा नं १ मोहोरियाटार निवासी गोपाल रम्तेलले भुजेलको उपचारका लागि १० हजार नगद सहयोग प्राप्त भएको छ। भुजेलको उपचारमा सहयोग गर्ने गोपाल रम्तेल:

प्रहार अनलाईन मिडियामा ‘म बाँच्न चाहान्छु : मलाई बचाइदिनुहाेस्’ – भुजेल । शिर्षकको समाचार यहि चैत ५ सोमवार समाचार र prahaar samachar फेस बुक पेजमा उनको भिडियो प्रशरण भएको थियो । उक्त समाचार र भिडियो सार्वजनिक भएपछि सामाजिक अभियान्ता अविनाश पन्थ मार्फत उक्त रकम प्राप्त भएको हो । ‘एक लाख रुपैयाको अभावमा जिउनु न मर्नुको दोसाँधमा पुगेकी भुजेलको फियोमा पानी जमेर नाजुग अवस्थामा पुगेकी छन्। उनलाई आफ्नो तर्फबाट सानो सहयोग गर्ने पाएकोमा रम्तेलले सुशी प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भुजेलको उपचारको क्रममा भएको पाखो बारी पनि बेचेर सकिएको छ। अहिले हप्तै पिच्छे रगत चढाउनु पर्ने भएपछि झन समस्यामा परेकी भुजेल भन्छिन् – ‘भएको थोरै पाखो बारी सबै बेचेर उपचार गरे तर अझै पैसा पुगेन’ अब मर्नु बाहेक अर्को बिकल्प रहेन ।’ – गहभरी आँशु झार्दै उनले प्रहार समाचारसंङ्ग भनेकी थिइन्।
काठमाडौंको टिचिङ अस्पतालमा उपचराका लागि पटक पटक धाएकी भुजेलले अस्पतालले थप उपचारका लागि १ लाख धरौटी मागेपछि पैसा नभएर घर फर्केको बताइन् । २ छोरी र ३ छोराकी आमा भुजेल भन्छिन् ‘छोराछोरी लाखा पाखा लागि सके । आफू बिरामी परिहाले श्रीमानले दैनिक ज्यालादारीको कमाइले खाने की उपचार गर्ने ?’ ।

औषधो उपचार गर्दा अहिले सुकुम्बासी भएकी भुजेल रोग मात्रै निको भए मजदुरी गरेर भएपनि छोराछोरी पाल्ने इच्छ राखेकी छन्। ‘मर्ने कस्लाई रहर हुन्छ र ? सबैले थोरै थोरै सहयोग गरिदिए म बाँचे थिए ।’ उनले थपिन् ।
यसै बिच भुजेललाई व्यास–३ स्थित श्रीकृष्ण नर्सरीका संचालक गम्भीरदास नेपालले ५ सय सहयोग गरेका थिए । छन् । यस अभियानमा हजुर पनि जोडिनु सक्नु हुन्छ । जस्का लागि प्रेममायाँ भुजेलको मोवाइल नम्बर ९८०६५००३७८ मा सिधै सम्पर्क गर्न अथवा प्रहार अनलाईन मिडियाको मो नं ९८४६० ६७०२७ मा पनि सम्पर्क गरेर सहयोग गर्न सकिने छ। हामी यहाँहरुको सहयोगको उच्च मूल्याङ्कन गर्ने छौं।


























