हेडलाईनसमाचारभानुगण्डकी

भानु नगरपालिकाका शिक्षकको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफर ( ई एफ टि ) मार्फत पठाउन सुरु

प्रहार समाचार । तनहुँ, ७ चैत २०८१ बिहीवार ।तनहुँको भानु नगरपालिकाले पहिलो पटक आधारभूत तहका शिक्षक कर्मचारीहरूको मासिक तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफर ( इ एफ टि) मार्फत सम्बन्धित शिक्षकको व्यक्तिगत खातामा पठाउन सुरु गरेको छ।


नगरपालिकाले यो प्रक्रिया पहिलो पटक लागू गरिएको हुँदा केही शिक्षकहरूको बैंक खाता नम्बर र कर्मचारी सञ्चयकोषको विवरण म्याच नभएर तलब पेन्डिङमा रहेको जानकारी आर्थिक प्रशासन शाखाले गराएको छ।

नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर मार्फत तलब नपाएका शिक्षक कर्मचारीहरूलाई आफ्नो यथार्थ विवरण लिई भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा वा आर्थिक प्रशासन शाखामा संपर्क राख्न अनुरोध गरिएको भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले जानकारी दिईन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button