• विजय अधिकारी (संवाददाता) मनाङ, ५ फागुन २०८१ मङ्गलवार । यही चैत्र ७ गतेबाट सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङ जिल्ला बाट ४६ जना विधार्थी सहभागी हुने भएका छन् । चार स्थानिय तह रहेको मुस्ताङमा नार्पाभूमि गाउँपालिकाबाट परीक्षा दिने एक जना पनि विद्यार्थी छैनन्।

परीक्षा केन्द्र सदरमुकाम चामे रहेको लोकप्रिय मा.वि.मा तोकिएको शिक्षा समन्वय इकाई मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार-एसइई परीक्षामा नियमित तर्फ ४१जना र ग्रेडवृद्धि तर्फ ५ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

नासोँ गाउँपालिकाको प्रकाशज्योति मा वि.बाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण मा.वि.बाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय मा.वि.बाट १६ जना विधार्थी परीक्षामा सहभागी हुँदैछन् । प्रकाशज्योति मा.वि.बाट २ र लोकप्रिय मा.वि.बाट ३ जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।
च


























