हेडलाईनव्याससमाचारसबै प्रदेश

‘म बाँच्न चाहान्छु : मलाई  बचाइदिनुहाेस्’ – भुजेल

प्रहार समाचार । तनहुँ, ४ फागुन २०८१ सोमवार । तनहुँको व्यास नगरपालिका वडा नं. १२ लामीडाँडा निवासी  ४४ बर्षीय प्रेममाया भुजेल एक लाख रुपैयाको अभावमा जिउनु न मर्नुको दोसाँधमा पुगेकी छिन् । रोग पत्ता लगाउँदैमा भएको सबै पाखो बारी बेचेर अहिले सुकुम्बासी बनेकी भुजेललाई फियोमा पानी जम्ने रोग लागेको रहेछ । तर अहिले हप्तै पिच्छे रगत चढाउनु पर्ने भएपछि उनि झन समस्यामा परेकी छन्।

‘भएको थोरै पाखो बारी रोग पत्ता लगाउँदैमा सक्कियो, अब मर्नु सिवाय अर्को  बिकल्प  रहेन ।’ – गहभरी आँशु झार्दै उनले प्रहार समाचार संङ्ग भनिन् ।


काठमाडौंको टिचिङ अस्पतालमा उपचराका लागि पटक पटक धाएकी भुजेलले पछिल्लो समय अस्पतालले थप उपचारका लागि १ लाख धरौटी मागेपछि पैसा नभएर घर फर्केको बताइन् । २ छोरी र ३ छोराकी आमा भुजेल भन्छिन् – ‘छोराछोरी लाखा पाखा लागि सके । आफू बिरामी छु , श्रीमानले दैनिक ज्यालादारीको कमाइले  खाने की उपचार गर्ने ?’ ।
औषधो उपचार गर्दा अहिले सुकुम्बासी भएकी भुजेल रोग मात्रै निको भए मजदुरी गरेर भएपनि बाँच्ने इच्छ राखेकी छन्। ‘मर्ने कस्लाई रहर हुन्छ र ? सबैले थोरै थोरै सहयोग गरिदिए म बाँचे थिए ।’ उनले थपिन् । उहिले उनको आँखा पहेंलो हुनुका साथै हात खुट्टा सुनिएको अवस्थामा रहेको छ।

सहयोगको सुरुवात गर्दै गम्भिरदास नेपाल :


यसै बिच भुजेललाई व्यास–३ स्थित श्रीकृष्ण नर्सरीका संचालक गम्भिरदास नेपालले ५ सय  सहयोग गरेका छन्। भुजेलको उपचारको अभियानमा तपाईहरु पनि जोडिनु सक्नु हुने छ। जस्का लागि प्रेममायाँ  भुजेलको मोवाइल नम्बर ९८०६५००३७८ मा सिधै सम्पर्क गर्न  गरेर अथवा प्रहार अनलाईन मिडियाको मो नं ९८४६० ६७०२७ मा पनि सम्पर्क गरेर सहयोग गर्न सक्नु हुने छ। हामी यहाँहरुको सहयोगको उच्च मूल्याङ्कन गर्दै फोटो सहित समाचार प्रकाशित गर्ने छौं ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button