विजय अधिकारी (संवाददाता ) । लमजुङ, ४ चैत २०८१ सोमवार । यहि चैत ७ गते देखि हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) का लागि लमजुङमा १६ परीक्षा केन्द्र ताेकिएको छ भने सम्पूर्ण तयारी पूरा भएको छ। लमजुङ जिल्लाबाट २ हजार ९ सय ४१ जना विधार्थीले एसइई परीक्षा दिने भएका छन् ।

जिल्लाका ६ वटा स्थानीय तहमा १६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङ का प्रमुख दिवाकर शर्माले जानकारी दिए । उनका अनुसार-एसइई परीक्षामा नियमित तर्फ २ हजार ४ सय ७४ र ग्रेड वृद्धि तर्फ ४ सय ६७ परीक्षार्थी सहभागी हुने छन् । गतवर्ष २ हजार ६ सय ५० जनाले परीक्षा दिएका थिए भने यो वर्ष २ सय ९१ जना परीक्षार्थी बढेको शिक्षा समन्वय इकाई लमजुङका प्रमुख शर्माले प्रहार समाचारलाई बताए ।

परीक्षाका लागि बेसीशहर नगरपालिकामा ५, मध्यनेपाल नगरपालिका,सुन्दरबजार नगरपालिका र राईनास नगरपालिकामा ३,३ वटा,दोर्दी गाउँ पालिका र मर्श्याङदी गाउँ पालिकामा १,१ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।
समन्वय इकाईका अनुसार बेसीशहरको जनविकास मा.वि.मा ६ वटा विद्यालयका २ सय ७८ जना,बेसीशहरकै चण्डीडाँडाको जनविकास मा.वि.मा ६ विद्यालयका १ सय ६५ जना, बेसीशहरको भूपू सैनिक आवासिय मा.वि.मा ९ विद्यालयका ३ सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
त्यस्तौ बेसीशहरकै भकुण्डे स्थित बालकल्याण मा.वि.मा ७ वटा विद्यालयका १ सय ४४ जना र बेसीशहर,१, उदिपुरको जनकल्याण मा.वि.मा ४ विद्यालयका १ सय ७२ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । त्यसैगरी मध्यनेपालको कुशुमाकर मा.वि.मा ७ वटा विद्यालयका २ सय १० जना,इशानेश्वर मा.वि.मा ६ वटा विद्यालयका १ सय ३२ जना र भैरवकाली मा.वि.मा ७ वटा विद्यालयका १ सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
त्यसैगरी सुन्दरबजारको भक्ती नमुना मा.वि.परीक्षा केन्द्रमा ६ विद्यालय २ सय ३२ जना, विद्याज्योति मा.वि. खहरेमा १० विद्यालयका १ सय ४८ जना र आदर्श बाल मा.वि.मा ४ विद्यालयका १ सय ७८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । त्यस्तै राईनासको शैलपुत्री मा.वि.परीक्षा केन्द्रमा ४ वटा विद्यालयका १ सय ९२ जना, वीरभक्ती मा.वि.तार्कुघाट परीक्षा केन्द्रमा ४ विद्यालयका १ सय १६ जना र बुद्धमिलन मा.वि. प्यारजुङमा ७ विद्यालयका १ सय २२ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
त्यस्तै दोर्दी गाउँपालिका अन्तर्गत चैतन्योदय मा.वि.नौथरमा ५ विद्यालयका १ सय ४४ जना परिक्षार्थी परीक्षामा सहभागी हुनेछन । त्यसैगरी मर्स्याङदी गाउँपालिकाको अमर मा.वि.परिक्षा केन्द्रमा ८ वटा विद्यालयका १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
यस वर्ष क्होलासोँथार र दूधपोखरी गाउँपालिकामा परीक्षा केन्द्र राखिएको छैन । क्व्होलासोँथार अन्तर्गतका विद्यालयका परीक्षार्थीहरूलाई बेसीशहर र मध्यनेपाल र दूधपोखरी अन्तर्गतका विद्यालयका परीक्षार्थीहरूलाई राईनासको प्यारजुङमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।