प्रहार समाचार । अमेरिका ,३ फागुन २०८१ आइतवार । दक्षिण अमेरिका भयानक आँधीको चपेटामा परेको छ । आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ ।

धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको बीबीसीले जनाएको छ । आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ट्र्याकर पावरआउटेजका अनुसार ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली अबरुद्ध हुन पुगेको अधिकारीहरुले जनाएका छन्।