हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरु च्याउ खेती गर्दै

प्रहार समाचार । तनहुँ,२ चैत २०८१ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरूले  व्यवहारिक ज्ञान प्राप्तिका लागि च्याउ खेती गरेका छन्।

क्याम्पसमा  स्नातक तहमा  विज्ञान शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले क्याम्पसले तयार पारेको ‘जलवायु परिवर्तन र कृषि’ सम्बन्धी पूरक पाठ्यक्रम नन क्रेडिट कोर्स अध्ययन गरेपश्चात् उनिहरुले  च्याउ खेती गरेका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

च्याउ खेतीको पहिलो पटकको  उत्पादनलाई विद्यार्थीहरुले शिक्षक र कर्मचारीहरूलाई प्रति केजी १ सय ६० रुपैयाका दरले बिक्री गरेका छन्। च्याउ खेतीबाट प्राप्त आम्दानीलाई विज्ञान शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको साझा संस्था एबिसी साइन्स क्लबको खातामा सङ्कलन गर्दै आइरहेका क्याम्पसले जनाएको छ।

क्याम्पसको विज्ञान प्रयोगशालामा गरेको च्याउ खेतीबाट  प्राप्त ज्ञानलाई आगामी  दिनहरूमा विद्यार्थीहरुले घरमा पनि  व्यावसायिक रुपमा च्याउ खेती गरि आयआर्जन तर्फ लाग्न  क्याम्पसले आग्रह गरेको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button