प्रहार समाचार । तनहुँ, १ चैत २०८१ शुक्रवार । नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय सदस्यमा तनहुँका प्रदीप घिमिरेको नाम सिफारिस गरिएको छ ।

रेडक्रसको केन्द्रीय कार्य समितिलाई समायोजन गर्ने क्रममा घिमिरेको नाम केन्द्रीय सदस्यमा सिफारिस गरिएको हो ।
अन्तराष्ट्रिय रेडक्रसले विवादित केन्द्रीय कार्य समितिलाई मान्यता नदिएपछि तीन कार्य समितिलाई समायोजना गरि नयाँ कार्य समिति गठनका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको बताइएको छ ।