हेडलाईनसमाचारप्रदेश

‘देशको आर्थिक विकास राम्रो भएमा देशको आयु लामो हुन्छ ।’ – वैज्ञानिक डा. पुन

प्रहार समाचार । तनहुँ, १ चैत २०८१ शुक्रवार ।  वैज्ञानिक डा. महावीर पुनले देशको आर्थिक विकास राम्रो भएमा देशको आयु लामो हुने बताएका छन्।

उनेले सामाजिक संञ्जालमा लेखेका छन् – ‘इतिहासले प्रमाणित गरेको ध्रुवसत्य कुरा : प्राणीहरू जसरी जन्मन्छन् र मर्छन्, त्यस्तै देशहरू पनि जन्मन्छन् र मर्छन्। पाँच हजार वर्षको मानव इतिहासमा अहिलेसम्म संसारको कुनै पनि सभ्यता, शासक वा देश अमर भएका छैनन्। देशको आर्थिक विकास राम्रो भएमा देशको आयु लामो हुन्छ।

तर, कुनै देश आर्थिक रूपमा समृद्ध भएर पनि धेरै घमण्डी भयो भने त्यो देश पनि मर्छ। नेताज्यूहरू, आर्थिक विकास हुने कामहरू गर्नुहोस् र धेरै घमण्डी तथा गफाडी नबन्नुहोस्। जनताहरू, हावामा नमच्चिनुहोस्। नत्र, देश मर्न बेर लाग्दैन।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button