हेडलाईनसमाचारगण्डकी

विद्यालय निरीक्षक हुँ भन्दै पैसा असुल्ने सर्लाहीका एक यूवक पक्राउ

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ  दुधपोखरी गाउँपालिकाका विभिन्न विद्यालयमा पुगी जिल्लाबाट आएको विद्यालय निरीक्षक हुँ भन्दै एजुकेशन फाउन्डेशनको नाममा पैसा असुल्दै हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नम्बर-२, बस्ने  ३७ बर्षका  बिरेन्द्र कुमार रहेका छन् । कुमारले एजुकेशन फाउन्डेशनमा सहयोग गरे तालिम र शैक्षिक सामाग्री सित्तैमा पाइने र अनिर्वाय सहभागी गराउने भन्दै पैसा असुल्दै गरेको भेटिए पछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विचौरका प्रहरी नायव निरीक्षक प्रमोद नेपालीले जनाए ।


घटना क्रम अनुसार ती युवक आइतबार बिहान ११.३० बजे तिर दुधपोखरी गाउँपालिका वडा नम्बर-५,कोल्की दोभानमा रहेको  बुद्ध प्राथामिक विद्यालयमा पुगेर विद्यालयका प्रधानाध्यापक शम्भुलाल तामाङसँग आफु जिल्लाबाट आएको विद्यालय निरीक्षक रहेको भन्दै विद्यालय अनुगमन गरे जस्तो गर्छन् । 
त्यस पछी आफु एजुकेशन लर्निङ्ग डेभलपमेन्ट फाउन्डेशन नेपाल भन्ने संस्थामा समेत रहेको भन्दै सो फाउन्डेशनले शैक्षिक सामाग्री र तालिम सित्तैमा उपलब्ध गराउने र सोको लागी केहि रकम दिनुपर्ने भनि  विद्यालयका २ जना शिक्षक सँग २ हजार ७ सय रुपैँयाका दरले रसिद काटछन् र अन्य विद्यालयमा पुग्नु पर्ने भनी त्यहाँ (दुधपोखरी)बाट छिमेकी जिल्ला गोरखा तर्फ लाग्छन् । पैसा असुल्ने बिरेन्द्र माथि सङ्का लागि सिरानचोक गाउँपालिका वडा नम्बर-१, केराबारीमा स्थानीय युवाहरुले नियन्त्रणमा लिएर गोरखा सिरानचोककै प्रहरी चौकी धारापानीमा बुझाउँछन् ।

धारापानी प्रहरीको सहयोगमा युवकलाई इलाका प्रहरी कार्यालय विचौर ल्याएर अनुसन्धान गर्दा  पक्राउ परेका बिरेन्द्र कुमारको साथ बाट मोटरसाईकल र एजुकेशन लर्निङ्ग डेभलपमेन्ट फाउन्डेशन नेपाल नाम रहेको सहयोग रसिद समेत फेला परेको र उनलाई थप अनुसन्धानका लागी सोमबार बिहान जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको प्रहरी नायव निरीक्षक प्रमोद नेपालीले बताए । उनि माथि अनुसन्धान गर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button