• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २६ फागुन २०८१ सोमवार । लमजुङको राईनास नगरपालिका वडा नम्वर ५ बाट जिल्लामै पहिलो पटक अनलाईन सिफारिस सेवा शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सवै स्थानिय तह अन्तर्गत वडा बाट नागरिकताको लागि अनलाईन सिफारिसको तयारी गरे संगै राईनास नगरपालिकाको वडा नम्बर -५, बाट पहिलो सेवाग्राहिको रुपमा स्थानिय शुभेच्छा परियारको नागरिकताको लागि अनलाईन सिफारिस भएको हो ।

नगरपालिकाले वडा नम्वर-५,सहित सवै वडा बाट अनलाईन सिफारिसको तयारी गरेको नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले प्रहार समाचारलाई जानकारी दिए ।
उनका अनुसार-नागरिकताका लागि वडा बाट हुने सिफारिसलाई पेपरलेस अवधारणा सहित अव अनलाईन बाटै गर्ने तयारी गरिदै आएको छ ।
लमजुङका प्रमूख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले सेवा प्रवाहको लागि यसअघि जिल्ला प्रशासन कार्यालयले सवै स्थानिय तहका जनप्रतिनिधी र वडा सचिवहरुलाई अभिमुखीकरण समेत गराइएको बताउदै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो,छरितो, त्रुटिरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिका लागि स्थानीय तहहरु बाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणाली बाट गराउन लागिएको जानकारी दिए ।

अनलाईन सिफारिस सेवा शुरु भएपछि सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गए पछि वडा कार्यालय आफैंले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने र विद्युतीय व्यवस्थाले सेवाग्राहिलाई सक्कल कागजपत्र बाहेक अतिरिक्त प्रतिलिपी कागजपत्र बोक्नुपर्ने झञ्झट नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिकता अनलाईन सिफारिस भए सँगै नागरिकका व्यक्तीगत विवरण अन्तर्गत सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने भएको छ ।


























